top of page

April 03, 2018

व्रोइलेर कुखुरा पाल्दा प्रत्येक हप्ता ख्याल गर्नुपर्ने र सावधानी अपाउनपर्ने महत्वपूर्ण कार्यतालिका यस लेखमा बुदागत रुपमा प्रस्तुत गरिएको छ ।

April 03, 2018

कमर्सियल लेयर्स कुखुरापालक किसानले फोहोर अण्डाको कारणले उत्पादन अनुरुप पाउनुपर्ने उचित भाउ पाउन सकेका हुदैनन् । त्यस्तै फोहोर अण्डाको कारणले ह्याचरी कम्पनिको ह्याचविलिटी र चल्लाको गुणस्तर खस्किएको हुन्छ । एउटा व्यवसायिक फार्मले केहि प्रतिशत मात्र फोहोर अण्डाको संख्या घटाएर सफा अण्डाको संख्या बढाउन सकेको अवस्थामा बर्षभरीको मुनाफामा लाखौ रुपैया थपिन सक्छ । तसर्थ उत्पादन अनुरुपको उचित आर्थिक मुनाफा कमाउनको लागि किसानवर्गले माथि उल्लेख गरे बमोजिम फ्लोर एग (भुईमा पारिने अण्डा) को संख्या कटौती गर्ने र नेस्ट एग (गुणमा पारिने अण्डा) को संख्या वृद्दि गर्ने व्यवस्थापकीय कौशलता अवलम्बन गर्नुपर्छ ।

April 03, 2018

पोल्ट्री व्यवसायमा प्रयोग गरिने विभिन्न भ्याक्सिनका प्रकार, तिनलाई प्रयोग गर्ने माध्यम र विशेषगरी पानीको माध्यमबाट दिईने भ्याक्सिन प्रयोग गर्दा अपनाउनपर्ने सावधानीका विषयमा बुझ्न पढ्नुहोस,"कुखुरामा भ्याक्सिन प्रविधि र पानीमा भ्याक्सिन दिने तरिका" विषयक यो लेख ।

April 03, 2018

कुखुराको उत्पादन घटाउने र किसानको मुनाफा कटौती गर्ने प्रमुख व्यवस्थापकीय कारणहरु मध्येको एक हो - खोरमा उच्च एमोनिया ग्याँसको मात्रा । एमोनिया ग्याँसको दुष्प्रभाव र व्यवस्थापन तरिका बारे जान्न पढ्नुहोस "कुखुरामा एमोनिया ग्याँसको असर तथा व्यवस्थापन विधि" विषयक यो लेख ।

April 03, 2018

युरिक एसिड उत्पादन भई मृगौला हुँदै शरीरबाट बाहिर फाल्ने प्राकृतिक प्रकृयामा गडबडी पैदा हुँदा कुखुरामा गाउटको समस्या देखापर्छ । कुखुराको शरिरमा युरिक एसिड अत्याधिक मात्रामा उत्पादन हुँदा वा मृगौलाले युरिक एसिडलाई बाहिर फाल्न नसक्दा, मसिना सेता चकजस्ता गिर्खाका रुपमा युरिक एसिड शरीरका विभिन्न अंगप्रत्यंगमा देखापर्छ । कुखुरामा युरिक एसिड उत्पादन तथा निष्कासन प्रक्रियामा गडबडी उत्पन्न गरेर गाउट रोग लगाउने कारक तत्व र पक्षहरुको बारेमा जान्नको लागि उपयोगी सिद्ध हुनसक्छ यो लेख ।

April 03, 2018

कुखुरापलान व्यवसाय यस्तो व्यवसाय हो जसमा जग्गाको छनौट र खोर निर्माण देखि उत्पादन बजारीकरणको चरणसम्म वैज्ञानिक नियम र सुत्रहरु अवलम्बन गर्नुपर्छ । जग्गाको छनौट व्यवसायको निम्ती सुरुको सबैभन्दा महत्वपूर्ण चरण हो । उपयुक्त जग्गाको छनौट गर्न सकिएन भने व्यवसाय संचालनको क्रममा अनेक बाधा—व्यवधान आउन सक्छन् र लगानी नउठ्दै व्यवसाय धरासायी बन्न सक्छ । जैविक सुरक्षाको दृष्टिकोणले उपयुक्त जग्गाको छनौट र वैज्ञानिक मापदण्ड अनुरुपको खोर निर्माण सफल पोल्ट्री व्यवसायको निम्ति महत्वपूर्ण आधारशिला हुन् । नयाँ पोल्ट्री फार्म निर्माण गर्ने सोच बनाउनु भएका लगानिकर्ताले आफ्नो लगानी सुरक्षित गर्न उपयुक्त जग्गाको छनौट र वैज्ञानिक खोर निर्माण गर्न आवश्यक छ । उचित जग्गाको छनौट तथा वैज्ञानिक खोर निर्माण (ओपेन हाउस प्रणालीमा) बारे बुझ्नको लागि उपयोगी निकै हुनसक्छ यो लेख ।

November 27, 2017

माइकोटकसिसिटी यस्तो रोग हो जुन लागेको बेला ढुसीबाट उत्पादित माइकोटकसिन नामक विषाक्त पदार्थको कारणले कुखुराको आन्तरिक अंगहरु जस्तै कलेजो, मृगौला, आन्द्रा, फोक्सो आदिमा गम्भिर क्षति पुग्छ साथै रोगप्रतिरोधात्मक क्षमता पनि घट्छ र अनेक किसिमका अन्य जीवाणु एवं विषाणुले संक्रमण गर्ने सम्भावना उच्च रहन्छ । व्रोइलर कुखुराको शारीरिक वृद्दिदर पनि न्यून हुन्छ, लेयर्स कुखुरामा अण्डा उत्पादन घट्छ र मृत्युदर पनि बढ्छ । माइकोटकसिसिटी कस्तो रोग हो? कुखुरालाई कसरि लाग्छ? लागिसकेपछि कस्तो असर देखाउछ र यसलाई कसरि व्यवस्थापन गर्न सकिन्छ? भन्ने जान्नको लागि उपयोगी हुनसक्छ "कुखुरामा माइकोटकसिसिटी रोगको कारण, असर र व्यवस्थापन" विषयक यो लेख । 

November 26, 2017

जाडो मौसममा प्राय देखीइराख्ने समस्या हो कुखुराको पेटमा पानि जम्ने रोग । यसबारे जानकारी लिन र आफ्नो कुखुरालाई पेटमा पानि जम्ने कारणले हुने क्षतिबाट जोगाउन पढ्नुहोस "व्रोइलर कुखुराको पेटमा पानि जम्ने समस्या किन देखिन्छ?" विषयक यो लेख ।

November 19, 2017

"विश्व अण्डा दिवस मनाइदै गर्दा, जुन अण्डाको हामी गुणगान गाउँदै छौ, त्यो कहाँबाट, कसको मेहेनतको कारणले कसरि हामीले प्राप्त गर्दै छौँ भन्ने कुरामा पनि हेक्का राख्नुपर्ने हुन्छ । अनेकौ व्यवसायिक जोखिमसँग पौठेजोरी खेल्दै हाम्रो टेबल र थालिसम्म अण्डा पुर्याउने ती परिश्रमी कृषकवर्गलाई यस अवसरमा सम्झन सकेनौँ भने, तिनका समस्याबारे बुझ्न र छलफल गर्न चाहेनौँ भने अण्डा दिवस मनाउनुको कुनै सार्थकता रहदैन । अण्डा उत्पादक नै नरहे कहाँबाट रहला अण्डा ? वर्तमानमा नेपाली अण्डा उत्पादक किसानका थुप्रै व्यवसायिक समस्या, चिन्ता र चासोहरु रहेका छन् जसको यथोचित सम्बोधन हुनसकिरहेको छैन । आउनुहोस् विश्व अण्डा दिवस मनाउँदै गर्दा ती कर्मठ कृषकवर्गको समस्याहरु बारे छलफल गर्ने हिम्मत गरौँ । तीनको समस्या समाधान गर्न र व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्न ठोस र वस्तुनिष्ठ कार्ययोजना तर्जुमा गरौँ । यसमा राज्यले खेल्नुपर्ने भूमिका के-कस्तो हुनुपर्दछ, त्यसको लागि राज्यलाई झक्झक्याऔँ ।" .

November 17, 2017

वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने प्रचलन छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलन सुरु भएको हो । पहिलो विश्व अण्डा दिवस सन् १९९६ कै अक्टुबर महिनाको दोश्रो शुक्रवार मनाइयो । अण्डाको वहुआयामिक उपयोगिता र मानव जीवनमा यसको महत्वबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गरिएको हो ।

November 17, 2017

Dip Litter प्रणालीमा पालिने कुखुराको लागि खोरको भुईमा राखिने सोत्तर भनेको मानिसको लागि सुत्न प्रयोग गरिने गर्ने बिस्तारा जस्तै हो । जसरी आज सुत्ने बिस्तारा आरामदायक भएको खण्डमा हामीलाई राम्रोसँग रातिको निद्रा लाग्छ र भोलिको काममा उर्जावान तरिकाले लाग्न सक्छौ, त्यसरी नै सोत्तरको समुचित व्यवस्थापनले कुखुरालाई पनि बढी भन्दा बढी उत्पादनशिल बनाउन टेवा पुर्याउँछ । कुखुरापालनमा सोत्तरको महत्व, सोत्तरको उचित व्यवस्थापन नहुँदा आइपर्ने समस्या र समाधानका उपायहरु बारे बुझ्नको लागि उपयोगी हुनसक्छ यो आर्टिकल ।

November 18, 2017

अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै खोरमा ल्याइने नयाँ चल्ला आफैले ज्यानको तापक्रम कायम गर्न नसक्ने हुनाले बाह्य श्रोतबाट निश्चित तापक्रम दिएर ब्रुडिंग व्यवस्थापन गर्नुपर्ने हुन्छ । नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने कामको बारेमा बुझ्नको लागि उपयोगी हुनसक्छ यो लेख ।

Please reload

bottom of page