top of page

हाम्रो बारेमा

स्थापना कालदेखि नै पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब पोल्ट्री रोग निदान र उपचार गर्नका साथै पोल्ट्री किसानवर्गलाई पालन र व्यवस्थापन सम्बन्धि प्राविधिक ज्ञान एवं चेतना दिलाउँन कटिबद्ध रहँदै आएको छ । 

राष्ट्रिय तथ्यांक विभागले ६५ जिल्लामा गरेको व्यवसायिक कुखुरापालन सम्बन्धि सर्वेक्षण (२०७१/७२) अनुसार फार्म संख्याको हिसाबले दाङ जिल्ला कुखुरापालन व्यवसायमा चितवन र काभ्रेपछि तेस्रो स्थानमा परेको छ । त्यस्तै अण्डा उत्पादनको दृष्टिकोणबाट चितवन, मकवानपुर र नवलपरासीपछिको चौथो स्थानमा परेको छ । कुखुरापालनको क्षेत्रमा मात्रात्मक फड्को मारिसकेको दाङमा पोल्ट्री सम्बन्धि प्राविधिक सेवा र सुविधा भने एकदमै कमजोर अवस्थामा रहेको देखियो । जिल्लाको उदियमान पोल्ट्री व्यवसायलाई प्राविधिक सेवा पुर्याएर उद्योगको मात्रात्माक मात्र नभएर गुणात्मक विकासका लागि टेवा पुर्याउने ध्येयका साथ स्थापना भई संचालनमा आएको हो - पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब । २०७३ कार्तिक २१ गते घोराहीमा स्थापना भएको यस ल्याबले २०७३ पौष ८ गते तुलसीपुरमा पनि आफ्नो शाखा खोलि किसानवर्गको सेवा गर्दै आएको छ । आधुनिक प्रयोगशाला विज्ञानको प्रयोग गरि कुखुराको रोग पहिचान एवं उपचार गर्ने मात्र नभएर किसानलाई नै प्राविधिक ज्ञान र सिपले लैस गराउँदै कुखुराको पालन र व्यवस्थापनको स्तर माथि उठाउन र व्यवसायलाई सुरक्षित एवं नाफामूलक बनाउनको लागि हरदम सहयोगी भूमिका खेल्न यस पोल्ट्री ल्याब दृढ संकल्पित छ ।   

धारापानीको त्रिशुल 

दाङको पहिचान 

हाम्रो प्राविधिक टिम

Dr. Bibek Bandhu Regmi

फिल्ड सेवा तथा प्रयोगशाला जाँच

Kamal Nath Adhikari

प्रयोगशाला सहयोगी 

bottom of page