top of page

Microguard

November 19, 2017

पाचन नलीलाई स्वास्थ्य र संक्रमणमुक्त राख्नको लागि अत्यन्त प्रभावकारी छ - Microguard !
--------------------------------------------------------------------------------------------------------------------------------------------------

 

Microguard शरीरलाई हानि नगर्ने जीवाणुहरुको समिश्रण हो । यसलाई प्रोवायोटिक भनेर चिन्ने चलन पनि छ । यी जीवाणु दाना वा पानीको माध्यमबाट शरीरभित्र प्रवेश गरिसकेपछि आन्द्रामा टाँसिएर बस्छन । फलस्वरूप: हानिकारक जीवाणुको लागि ठाउँ उपलब्ध हुँदैन र संक्रमणको सम्भावना न्यूनीकरण भएर जान्छ । यसलाई प्रतिस्पर्धात्मक वहिष्करण (Competitive Exclusion) को सिद्दान्त भनेर बुझिन्छ । रोग संक्रमण लागेको बेला एन्टीवायोटिक सँग वा पानि निसंक्रमण औसधिसँग पनि प्रयोग गर्न सकिन्छ । पानि अम्लियकरण गर्ने एसिडिफायर सँग दिँदा झनै उत्साहजनक परिणाम देखिएको छ ।  

 

प्रयोग विधि 
पानीको माध्यमबाट
चल्लाको लागि : २० ग्राम प्रति १,००० चल्ला दैनिक एकपटक पहिलो ५ देखि ७ दिन 
ग्रोवर/लेयर्सको लागि  : २० ग्राम प्रति १,००० कुखुरा हप्ताको एकपटक 
प्यारेन्ट/व्रोइलरको लागि : १० ग्राम प्रति १,००० कुखुरा दैनिक एकपटक 

 

दानाको माध्यामबाट
व्रोइलर/लेयर्स/प्यारेन्टको लागि : १०० ग्राम प्रति टन दाना 

 

स्प्रे गरेर 
१०० ग्राम लाई 2 लिटर सफा पानीमा घोल्ने र ह्याचिंग हुने वित्तिकै र खोरमा आइपुग्ने वित्तिकै चल्लामाथि छर्कने वा स्प्रे गर्ने    

CID 2000

November 19, 2017

के तपाईको फार्ममा निरन्तर रुपमा ई. कोलाई वा सालमोनेला जस्तो जीवाणुको संक्रमण देखिईरहेको छ ? औसधि खुवाउन्जेल र खुवाईसकेपछि केहि समय कुखुरा ठिक भएजस्तो देखिने र पून: त्यहि समस्या बल्झिने गरेको छ ? यदी छ भने यसको कारक तत्व हुनसक्छ - पानीको पाइपलाइन भित्र बायोफिल्म जम्मा भएर बस्नु । बेलैमा सचेत बनौँ । खोरको सरसफाई र निसंक्रमण जस्तै अत्यन्त महत्वपूर्ण कुरा हो पानीको पाइप लाइनको सरसफाई तथा निसंक्रमण । 
--------------------------------------------------------------------------------------------------------------------------------------------------

 

कुखुराको शरीरमा मेटाबोलिजमको सबै पक्षहरुमा पानीको ठुलो महत्व हुन्छ । ज्यानको तापक्रम कायम गर्न देखि लिएर दानाको पोषण पचाउन र विकार तत्व निष्काशन गर्न समेत पानीको ठुलो भूमिका रहेको हुन्छ । सामान्यतया, कुखुराले खाएको दानाको दुई गुणा जति पानि खाने गर्दछ ।

 

कुखुराको खोरमा समथल संरचनाको सरसफाई र निसंक्रमणको ठुलो महत्व हुन्छ भन्ने सबैले बुझेकै कुरा हो । तर प्रायगरी नजरअन्दाज गरिने सरसफाई र निसंक्रमणको अर्को महत्वपुर्ण पाटो हो - पानीको पाईप लाईन (Pipe Line) भित्रको सरसफाई र निसंक्रमण ।

 

समस्या जटिल त्यतिबेला हुन्छ जतिबेला पानीको पाईप लाईन भित्र बाक्लो लेउ लास्तो पदार्थ जम्मा भएको हुन्छ जसलाई बायोफिल्म (Biofilm) भनिन्छ । कुखुरापालनको क्रममा पानि मार्फत निरन्तर औसधि, भिटामिन चालाउदै जाने क्रममा बायोफिल्म जम्मा भएको हुन्छ । बायोफिल्मले हानिकारक जीवाणुलाई संरक्षण दिएको हुन्छ । साथै हानिकारक जीवाणुले ब्यापक रुपमा वृद्दि-विकास हुने वातावरण प्राप्त गर्दछन बायोफिल्ममा ।

 

पानीमा हार्डनेस (Hardness) भएको खण्डमा आइरन, म्यानग्यानिज, क्याल्सियम आदि लवन तत्व पाइप लाइनभित्र जम्मा हुन्छन (जसलाई scale भनिन्छ) जहाँ जैविक पदार्थ तथा जीवाणुले टाँसिने उचित ठाउँ प्राप्त गर्दछन र बायोफिल्मको विकास हुन्छ । बायोफिल्मले सालमोनेला, ई. कोलाई, कक्सिको उसिस्ट, स्ट्रेपटोकोक्कस जस्ता संक्रामक र हानिकारक जीवाणुलाई संरक्षण प्रदान गरेको हुन्छ । अन्तत: पाइपलाइन भित्र विकास हुदै गएको बायोफिल्मले निप्पललाई जाम गरिदिन्छ र पानीको बहाव कम हुन्छ । कहिले काही पाइपलाइन नै जाम हुन पनि सक्छ ।

 

कुखुराले खाने पानीको स्वच्छता कायम गर्नको निम्ति पाईप लाइन सफाई तथा निसंक्रमण गर्न विकास गरिएका अत्यन्त प्रभावकारी उत्पादन हो - सी.आई. डी. २००० (CID 2000) । यसमा स्टेबलाईज गरिएको हाइड्रोजन परोक्साईड, पेरोक्सी एसिडिक एसिड र एसिटिक एसिड हुन्छन .

 

उच्च प्रेसरको फ्लासिंग र क्लोरिन आधारित सानिटाईजरले मात्र बायोफिल्म हटाउन सक्दैन । तर अक्सिजनेशनले (Oxidation) सक्दछ । हाइड्रोजन परोक्साईड (Hydrogen Peroxide) ले अक्सिजनेशन प्रक्रियाद्वारा बायोफिल्मलाई हटाउँछ ।

त्यस्तै, पेरोक्सी एसिटिक एसिड (Peroxy acetic acid) र एसिटिक एसिड (Acetic acid) ले पाईप लाईनमा जम्मा हुने लवण तत्व (म्याग्नेसियम, आइरन, क्याल्सियम आदि) को गैर-जैविक (Inorganic) लेपन वा स्केललाई हटाउन प्रभावकारी भूमिका खेल्दछ । स्केलले पनि संक्रामक जीवाणुलाई बासस्थान प्रदान गर्दछ । उपरोक्त एसिडको दुई प्रतिशत डाईलुशन घोललाई स्केल हटाउन बाह्र देखि चौबिस घण्टा कन्ट्याक्ट समय (Contact time) लाग्दछ ।

 

त्यस्तै न्यून डोजमा प्रयोग गर्दा सी.आई. डी. २००० ले प्रभावकारी एसिडीफायर (Acidifier) को भूमिका खेल्दछ । एसिडीफायरले पानीको पी. एच. मानलाई अम्लीय बनाई पानिमा जीवाणु वृद्दि-विकास हुने कुरालाई निषेध गर्दछ र कुखुरालाई संक्रमण मुक्त राख्न टेवा पुर्याउँछ ।

Ammoblast

November 19, 2017

के तपाई कुखुराको खोरबाट निस्कने ग्याँसको गन्धको कारणले हैरान हुनुभएको छ?
--------------------------------------------------------------------------------------------------------------------------------------------------


ल आइपुग्यो ! कुखुराको खोरमा सोत्तरबाट उत्पादन हुने एमोनिया ग्याँस न्यूनीकरण गर्नको लागि एउटा क्रान्तिकारी उत्पादन - एमोब्लास्ट !


AMMOBLAST 
(an eco-friendly way to reduce ammonia build up in litter)

प्रयोग विधि 
- प्रत्येक एक हजार वर्ग फिट क्षेत्रफलको लागि १ के. जी. एमोब्लास्ट सोत्तरमाथि छर्किने
- वातानुकुलित खोरको लागि यो मात्रालाई दोब्बर गर्ने 
- एमोनिया ग्याँसको गन्ध आउनासाथ खोरमा साप्ताहिक रुपमा छर्किने

Elimin-8

November 19, 2017

पानिबाट हुनसक्ने संक्रमण न्यूनीकरण गर्नको लागि असाध्यै प्रभावकारी छ - Elimin-8 !
--------------------------------------------------------------------------------------------------------------------------------------------------


Elimin-8 विभिन्न जैविक अम्लहरुको समिश्रण हो जसले पानीको पि. एच. मानलाई घटाएर अम्लियपना पैदा गराउँछ । क्षारीय वातावरणमा जस्तो अम्लीय वातावरणमा संक्रामक जीवाणुको वृद्दि-विकास हुनसक्दैन । फलस्वरूप पानीजन्य संक्रमण हुने सम्भावना धेरै नै न्यूनीकरण भएर जान्छ ।

 

Elimin-8 का फाइदाहरु :
- पानीमा हुनसक्ने हानिकारक संक्रामक जीवाणु हटाउने 
- पाचन नलीको वातावरणलाई अम्लीय बनाई पाचन नलीमा संक्रमण (GI-infection) हुन नदिने 
- पाचन नालीमा गुणकारी जीवाणुको स्थापना गर्ने, आन्द्राबाट हुने पोषण शोषण प्रक्रियालाई प्रभावकारी बनाउने 

Please reload

bottom of page